Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजबाँदर धपाउन एक घर एक व्यक्तिसहित कुकुर

बाँदर धपाउन एक घर एक व्यक्तिसहित कुकुर


भोताङ । गाउँमा बाँदरको आतंक बढे्पछि पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ३ ले समस्या सुल्झाउन एक घरबाट कम्तीमा कुकुरसहित एक जना परिचालन गर्ने भएको छ । बाँदरले बाली नाली सखाप गरेपछि धपाउनका लागि वडा कार्यालयले यो अभियान चालेको हो ।
वडाअध्यक्ष ङिमाछिरिङ तामाङले बाँदरले बालीमा पु¥याएको क्षतिसँगै बाँदर नियन्त्रणका लागि वडा कार्यालयमा निवेदन पर्न थालेपछि यस्तो अभियान गर्न लागिएको बताए । वडाका हरेक घरबाट एक जना र कुकुर भएकाहरुले अनिवार्य ल्याउनुपर्ने नियमसमेत बनाइएको छ । सबै वडावासी र कुकुरले गाउँमा पसेका बाँदरलाई भोलि (मंगलबार) विहान ८ बजे एक साथ धपाउने अध्यक्ष तामाङले जानकारी दिए ।
बाँदरले अति गरेपछि आज (सोमबार) वडावासीले समस्या सुल्झाउन अध्यक्षसमक्ष गुहारेका थिए । ‘गाउँवासीले बाँदरले क्षति ग¥यो भन्दै कार्यालयमा आउनुभयो,’ उनी भन्छन्, ‘कार्यालयमा निवेदनको चाङ पनि थियो, अन्त्यमा सामुहिक रुपमा बाँदर धपाउने अभियान गर्ने भएका हौं ।’
बाँदरलाई धपाएर इन्द्रावती खोला पारी पु¥याउने योजना छ । बाँदरले उत्पादन हुन लागेको मकैलगायत फलफूल ध्वस्त पारेको अध्यक्ष तामाङको भनाई छ । यो वडामा नौ सय ५४ घरधुरी छ । वडा कार्यालयले अधियानमा सबै गाउँवासी सहभागी हुन अपिलसमेत गरेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!