आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजप्रधानमन्त्रीको सुरक्षा व्यवस्थापनमा छ्याप्छ्याप्ती गुप्तचर

प्रधानमन्त्रीको सुरक्षा व्यवस्थापनमा छ्याप्छ्याप्ती गुप्तचर


हेलम्बु। गत असार १ गते आएको बाढी प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको स्थलगत अवलोकनमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा अन्य सुरक्षा निकायका अतिरिक्त राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र गुप्तचरहरु समेत खटिएर मजबुत सुरक्षा व्यवस्थापन गरेकाे गोप्य स्रोतबाट खुलेको छ।

प्रभावित क्षेत्रमा आएका प्रधानमन्त्रीले नेपाली सेनाको एम आई १७ हेलीबाट मेलम्ची खोलाको मुहान र बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरी हेलम्बु गाउँपालिका वडा नं २ को गणेशे बगरमा स्थानीय प्रभावित संग भेटघाट तथा गुनासो सुनुवाई गर्नुभएको थियो ।

हेलम्बुको कार्यक्रम पछि मेलम्ची आएका प्रधानमन्त्री मेलम्चीमा रहेको कालिजंग सुरक्षा गुल्ममा आइ जिल्लाको सुरक्षा टिम, जनप्रतिनिधि र पत्रकार संग अन्तरक्रिया गर्नुका साथै बाढी प्रभावित मेलम्ची बजारको अबलोकन गर्नुभएको थियो । कार्यक्रम अबधिमा भरपर्दो सुरक्षा मिलाउन राष्ट्रिय अनुसन्धान जिल्लाका प्रमुखका अतिरिक्त अधिकृत, अन्य कर्मचारी र अस्थायी एजेन्ट समेत गरि करिब २० जना भन्दा बढी गुप्तचरहरु खटिएको श्रोतको दावी छ।

यस अघि पनि गुप्तचरहरु खटिन्थे तर हिजो भने दुईतिर कार्यक्रम भएकोले गुप्तचर निकाय अझै धेरै क्रियाशील भएको स्रोतले जनाएको छ । गुप्तचरहरु जताततै छ्याप्छ्याप्ती परिचालित भएका र कार्यक्रम सफल बनाउन महत्वपूर्ण भुमिका निभाएको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य हस्त पण्डितले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई बिशेष धन्यबाद समेत दिएका छन ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!