Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजअल्पसंख्य जनजाती निम्न आय भयकाहरुलाई बाख्रा वितरण

अल्पसंख्य जनजाती निम्न आय भयकाहरुलाई बाख्रा वितरण


चाैतारा ।
घले समाज सिन्धुपाल्चोकका अध्यक्ष रामबहादुर घलेको पहलमा नगरपालिकाले ५ नं. वडा भित्रका अल्पसंख्य जनजाती मध्येपनि निम्न आय भएका ५० जनालाई बाख्रा वितरण गरेका छन् । नगरपालिकाको सहयोगमा घले समाजले उक्त कार्यक्रम नगर प्रमुख अमानसीं तमाङ र उपप्रमुख जानुका पराजुलीको उपस्थितिमा उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा ६ वटा बाख्रा ६ स्थानियलाइ हस्तान्तरण गरेका थिए भने अब बाँकी ४४ बाख्रा वितरण गर्ने छन् ।
विपन्न जनजनति परिवारहरुको लागी यो सहयोग आर्थीक विकासको विउको रुपमा रहने नगरप्रमुख अमानसिं तमाङ बताए ।
विश्व व्यापि रुपमा फैलिएको कोभिडका कारण विभिन्न सिप मुलक तालिम सञ्चालन गर्ने अवस्था नभएपछि घले समाजले नगरपालिकालाइ बाख्रा वितरणमा अघि सारेको हो । लक्षित वर्गहरुलाइ केहि मद्दत मिल्ने हिसाबले उक्त काम सुरु गरेको अध्यक्ष रामबहादुरले बताए ।


क्याटेगोरी : समाज
ट्याग : #bane, #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!