Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोकका सिडियो, एसपीलगायत सुरक्षा प्रमुख तेम्बाथानमा फसे

सिन्धुपाल्चोकका सिडियो, एसपीलगायत सुरक्षा प्रमुख तेम्बाथानमा फसे


चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ तेम्बाथानमा खाद्यान्न सामग्री लिएर गएका जिल्लाको प्रशासन प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरु उतै फसेका छन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न सामग्री लिएर गएको टोली मौसममा खराबी आएपछि उतै फसेका हुन् ।

केही समयअघि नेपन खोलाले भोलुंगे पुल बगाएपछि तेम्बाथानका १६५ परिवारमा भोकमरी लागेको थियो । मौसममा केही सुधार भएपछि आज हेलिकप्टरबाट जिल्ला विपद व्यवस्थापन समितिको टोलीले खाद्य सामग्री पुर्याएको हो ।

तेम्बाथान पुगेका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल, एसपी राजन अधिकारी, कर्णेल निर्मल कुमार श्रेष्ठ, अनुसन्धान प्रमुख सरोज निरौला र पत्रकार निरोज चौलागाई तेम्बाथानमा फसेको पत्रकार चौलागाइले जानकारी दिए ।

हेलिकप्टर दुई पटक राहत लिएर तेम्बाथान पुगेको थियो । तेस्रो पटकमा तेम्बाथानमा खाद्य सामग्री पुर्याउने र जिल्लाका प्रमुखहरुलाई ल्याउने भनिएतापनि मौसममा खराबी भएपछि सबै उतै फसेका हुन् ।

उक्त ठाउँबाट हेलिकप्टरबाट बाहेक अन्य माध्यमबाट आउजाउ गर्न सकिन्न ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!