सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठसमाजबलेफिमा भित्र गाउँसभा चलिरहँदा बाहिर कुटाकुट

बलेफिमा भित्र गाउँसभा चलिरहँदा बाहिर कुटाकुट


बलेफि । बलेफि गाउँपालिकाकाे गाउँसभा चलिरहेको समयमा बाहिर कुटाकट भएको छ । गाउँपालिका अध्यक्ष केदार क्षेत्री निकट मानिएका सुवास सुन्दासमाथि कुटपिट गरिएको छ । सुन्दासलाई वडाध्यक्ष कार्केल लामाले कुटेकाे भन्ने आराेप लगाएपनि सुन्दासले कुटाइ खाँदा लामा त्यहाँ थिएनन्  । स्थानीयका अनुसार लामा निकटका युवाहरूले सुन्दासलाई कुटेका हुन्  । बलेफिमा क्षेत्री र लामाबीच विवाद हुँदै आएको छ । नेकपा एमालेकाे केन्द्रीय फुटकाे प्रभाव बलेफिमा प्रष्ट देखिएकाे छ । वडाध्यक्ष लामाले आफू केपी ओली समूहमा लागेेका कारण अध्यक्ष क्षेत्रीले विभिन्न वहाना गर्दै दुख दिने गरेको बताएका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!