Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजनेपाल स्याङकचुरी चर्चको अगुवाइमा हेलम्बुका ६० घरपरिवारलाई आर्थिक सहयोग

नेपाल स्याङकचुरी चर्चको अगुवाइमा हेलम्बुका ६० घरपरिवारलाई आर्थिक सहयोग


हेलम्बु । हेलम्बु गाउँपालिका को बाढी पिडित घरपरिवार लाई नेपाल स्याङकचुरी चर्च ले आर्थिक सहयोग गरेको छ।

आज गाउँपालिकाको ६० घरधुरी बाढी पिडितहरुलाई ३ हजार नगदको दरले आर्थिक सहयोग गरेको चर्च का संयोजक भिम तामाङले बताए।

संयोजक तामाङले बाढी पिडितहरुको पिडामा अलिकति भए पनि मलम लगाउन यो आर्थिक सहयोगले राहत हुने बताए।

संयोजक तामाङ का अनुसार सबै खाद्यान्न दिए,दिर्घ रोगिहरुले औषधि नपाएको अतिअवश्यक खालक बस्तुहरु पीडित को लागि आवश्यक देखिएकोले यो आर्थिक सहयोग ले परिपुर्ति गरोस् भनेर सहयोग गरेको तामाङले बताए।

गत मंगलवार गाउँपालिकाकै भ्रेमाथाङमा गएको पहिरोका कारण आएको भिषण बाढीले हेलम्बु गाउँपालिका सडक सम्पर्कबाट बिच्छेद भयो र थुप्रै घरबरबिहिन हुन परेको थियो।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!