Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजरेडियाे मिसनकाे पहलमा हेलम्बुमा राहत वितरण

रेडियाे मिसनकाे पहलमा हेलम्बुमा राहत वितरण


हेलम्बु । हेलम्बु गाउँपालिकामा बाढीले पूर्ण रूपमा बिस्थापित भएका २५ परिवारहरूलाई राहात बितरण गरिएकाे छ । रेडियाे मिसनकाे विशेष पहलमा उक्त राहात बितरण भएकाे हाे । एकाउन्टेबिलिटि ल्याब र आला फाउण्डेसनकाे सहयाेगमा राहत वितरण भएकाे हाे ।

प्रती परिवारकाे लागि ब्लाङकेट २ थान , थाल ४ वटा, गिलाँस ४ वटा, साेलार बत्ती १ थान, कन्ती १ थान, जिवनजल १ थान, पानी सुद्विकरण गर्ने पीयूष १ थान काे दरले बाढीबाट बिस्थापित २५ परिवारलाई राहात वितरण गरिएकाे हाे ।

`बाढीबाट चिउरीखर्क मगरबस्तीकाे सबै घर विस्थापित भएकाे जानकारी आएपछि म रिपाेर्टिङमा गए । रिपाेर्टिङकाे क्रममा सबै घर र खेतहरू बाढीले बगाएकाे पाएँ । राहत सहयाेगकाे लागि मैले एकाउन्टेबिलिटि ल्याबकि अस्मिता सर्मा संग विशेष पहल गरेँ । उहाँहरूले राहात पठाउने सहमती जनाउनुभयाे र हामीले हेलम्बुमा समन्वय गरेर राहात बितरण गरेका हाैँ ।´ रेडियाे मिसन १०५.३ मेगाहर्जका अध्यक्ष सन्ताेष सिग्देलले भने ।

हेलम्बु गाउँपालिका वडा नं २ र ६ मा राहत बितरण गरिएकाे छ। त्यस्तै हेलम्बु गाउँपालिका वडा नं ६ का ४ जना र वडा नं २ का २१ जना लाई राहत वितरण गरिएकाे हाे ।

हेलम्बु ६ तल्लाे खाेरेका ४ जनाकाे खाेलाकाे बगरकाे घर र खेत सबै बाढीले लगेपछि उनीहरु विस्थापित भएका हुन् ।

यस्ता सहयाेगहरू अझैपनि गर्दै जाने एकाउन्टेबिलिटि ल्याबकि अस्मिता शर्माले बताईन् ।

त्यस्तै हेलम्बु २ काे च्युरी खर्क मगर बस्तीकाे २२ घर थियाे सबै खाेलाले बगायाे । जसमध्ये २१ परिवारलाई राहत वितरण गरिएकाे छ । उनिहरू भुकम्प पछि त्यहाँ बगरमा आएका थिए अहिले खेतबारी घर सबै लग्याे । अहिले सुकुम्बासी भएका छन । हाल उनिहरू गाउँपालिकाले दिएकाे त्रिपालमा बसेका छन ।

हेलम्बु २ कि सरस्वती थापा मगरले भनिन, `हाम्राे सबै घर जग्गा बाढीले लग्याे हामी अब जाने ठाउँ छैन ।´

हेलम्बु गाउँपालिकामा अवस्था भयावह रहेकाे र अझै पनि राहातकाे खाँचाे रहेकाे रेडियाे मिसनका स्टेसन मेनेजर किरण थापाले बताए ।

`अब हेलम्बुमा जस्तापाता , साेलार बत्ती र खाना पकाउने ग्यासकाे आवश्यकता रहेकाे मैले पाएँ´, थापाले भने ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!