Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजप्राधिकरणको लापरवाहीले बाढीपीडित युवाको करेण्ट लागेर गयो ज्यान

प्राधिकरणको लापरवाहीले बाढीपीडित युवाको करेण्ट लागेर गयो ज्यान


मेलम्ची । मेलम्चीमा एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । बिजुलीको खम्बा र तार सडक छेउ लत्रिएर करेण्ट प्रवाह हुँदा मेलम्चीका २७ वर्षीय धर्मराज दुलालको मृत्यु भएको हो ।

मेलम्ची खोलामा आएको बाढीले घरखेत कटान गरेपछि बाँध लगाउन एक्साभेटर लिन गएका दुलाललाई सोमबार करेण्ट लागेको हो । मेलम्ची बगरमा हिडिरहेका दुलाललाई हातमा करेण्ट लागेको थियो ।

मेलम्चीको कटानले विद्युत पोल ढालेको र उक्त पोलमा विद्युत प्रवाह भइरहेको अवस्थामा दुललालाई ११ हजार भोल्टको करेण्ट लागेको थियो ।

विद्युत प्राधिकरणको लापरवाहीले युवाको ज्यान गएको भन्दै स्थानीयले शव सडकमा राखे प्रदर्शन गरिरहेका छन् ।

असार १ गते मेलम्ची खोलामा गएको पहिरोले मेलम्ची आसपास विद्युत अवरुद्ध भएको थियो । तर प्राधिकरणले विद्युत कहाँ प्रवाह भइरहेको छ कि छैन भन्ने सम्म चेक नगर्दा युवाको ज्यान गएको हो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!