सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठसमाजमेलम्ची बाढी : पीडामा गुज्रदै हेलम्बु

मेलम्ची बाढी : पीडामा गुज्रदै हेलम्बु


हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु र रसुवाको शीरबाट हिम पहिरो आई बाढी झरेको अनुमान गरिएको मेलम्ची बाढीले मानवीयका साथै अरबौं भौतिक क्षति गरेको छ । असार १ गते साँझ आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा अझै सन्त्रास उस्तै छ । बाढी रोकिने र फेरि आउने क्रम उस्तै भएकाले पनि कतिबेला के हुन्छ भन्ने अनुमान लगाउन नसक्दा स्थानीयमा त्रास बढेको हो । बाढीपछि सडक, सञ्चार अनि विद्युत आपुर्ती ठप्प हुँदा हेलम्बुवासी भने सकसपूर्ण दैनिकी बिताउन बाध्य छन् ।

असार १ गते साँझ आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सिधै छोप्यो । झण्डै तीन सय घरटहरा बगाएको अनुमान छ । बाढी आएको चौथो दिन पुग्दा पनि हेलम्बु अझै तैग्रिने अवस्थामा छैन । बाढीले सडक सञ्जाल टुटाएपछि हेलम्बु एक्लिएको हो ।
ह्योल्मो संस्कृति, कला र धर्मदेखि पर्यटनका लागि प्रख्यात थियो ह्योल्मोभूमि हेलम्बु । आर्कषक सिमिसिदाङजस्ता दर्जनौ हिमश्रृंखलाको काखमा रहेको हेलम्बुमा आउने जो कोहीले सुन्दर गाउँको उपमा दिन्थे । तर, मंगलबार मेलम्ची बाढीले हेलम्बु गाउ“पालिकाको चार गाउ“को अस्तित्व नै मेटायो, तटीयक्षेत्रलाई एकै रातमा बगर तुल्याइदियो । बाढीको सतह बढेपछि मंगलबार गाउ“नै बग्ने त्रासमा स्थानीय भागभाग भए । बाढीले समृद्ध हेलम्बुको यात्रालाई बीचमै राकिदियो ।
उर्लिएर आएको बाढीले सडक खण्डहर बनाइदियो । ठाउँठाउँमा कटान भएपछि अहिले हेलम्बु सडक सञ्जालबाट बाहिर छ । बाढीले यति मात्रै गरेन करोडौं लगानीका आठ वटा ट्राउट फर्म मेलम्ची खोलाले सिलित्तै निल्यो । विजुलीका पोल भत्कायो अनि एकै गाउँका चौध जनालाई नदिमा विलय गरायो । त्यसैले अहिले शोक छ हेलम्बु ।
बाढी आएपछि भोलिपल्टै देखि मेलम्ची बजारमा राहतको लर्काे चल्यो । सडक, विजुली, सञ्चार विच्छेद भएको हेलम्बुमा कसैको दया पलायन, कसैको आँखा गएन । सडक वरिपरिका घर भत्किए । पसलहरु डुबे । सामग्री खरिद गर्ने ठाउँसमेत बचेका स्थानीयलाई निकै गाह्रो भयो । स्थानीय भन्छन्, राहत परैको कुरा भो किनेर खान पाएपनि हुने ।
मेलम्चीको मुहानस्थल हुँदै एक्कासी उर्लिएर आएको बाढीले हेलम्बुको पुराना गाउ“ चिउरेखर्क,चालिसे गाउ, तल्लो तिम्बु बजार, गणेशे बगर गाउ“को सबै संरचना बगायो । झण्डै १८ हजार जनसंख्या भएको हेलम्बुकोको तालामाराङ, चनौटे , किउल, तिम्बुजस्ता चिटिक्क देखिने बजारभर बालुवा थिग्रियो । बाँकी र बगाउन बाँकी घरहरुको अवस्था पनि हेर्दै दिक्क लाग्दो छ ।
उराठलाग्दो खण्डहरझै लाग्ने तटीयक्षेत्रका नदीले बगाएर बाकी बसेका गाउ“का घरको आधा संरचनाबाट स्थानीयसग मिलेर बचेखुचेका सामाग्री अझै निकाल्दै छन् । बाढीले मेलम्ची बजारबाट हेलम्बु जोड्ने करिब ८ किलोमिटर सडकको सिमकुना, तालामाराङ , चनौटे, किउल,तिम्बु तहसनहस बनाएयता हेलम्बु अस्तव्यस्त अवस्थामा छ ।
विजुलीका तारहरु बाटोमै लत्रिएका छन् । सञ्चार विमुख भएकोले त्यहाँको अवस्था के छ भन्नेबारे अन्य जनता अनविज्ञ छन् ।
सडक भत्किएकले आवतजावत गर्नेहरु कष्ट सहेर पैदलबाट ओहोरदोहोर गर्छन् । अनुमानित सय घर बगाउँदा ६ सयभन्दा बढी घरबारविहिन भएका छन् । कोही बारीको पाटामा प्लाष्टिक र त्रिपाल टाँगेर बसेका छन् । कतै नेपाली सेनाले बासको प्रवन्ध गर्दैछ । स्थानीय सरकारबाहेक कुनै सरकारी संयन्त्र नपुगेको हेलम्बुको आकाशमा भने दैनिक १२,१५ पटक हेलिकोप्टरले राउण्ड मार्छ । तर, हेलिकोप्टर किन ओहोरदोहोर गरिरहेछ भन्नेबा।े गाउँपालिका अध्यक्ष आफै अनविज्ञ छन् ।
मेलम्ची बजारस“ग जोड्ने मुख्य सडक बीचैमा भास्सिएर टुटेपछि सहयोग र व्यवस्थापनमा  जनप्रतिनिधि ,स्थानीय आफै दौडाइमा छन् । वैकल्पिक सडकको लागि साखु, मेलचौर हुदै कुटुम्साङ जोड्ने सडकको लागि प्रयाशरत छन् गाउँपालिका अध्यक्ष शेर्पा । र, पनि अभावै अभावले थिचिएर हेलम्बु अझै अस्तव्यस्त छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaki

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!