Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजमेलम्ची बाढीमा तीन विदेशीको मृत्यु, १३ अझै बेपत्ता

मेलम्ची बाढीमा तीन विदेशीको मृत्यु, १३ अझै बेपत्ता


मेलम्ची ।
सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदिबाट आएको बाढीले बगाउँदा तीन विदेशीको मृत्यु भएको छ । हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको हो । बाढीले बगाएका १३ जना अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक कमल लोचन महत्तो, चिनियाँ नागरिक यु चि झु र गोड टियान छियो रहेका छन् ।
मेलम्ची खोलामा आएको बाढीम परेर २० जना वेपत्ता भएको प्रारम्भिक तथ्याक थियो । पछि चार जना सम्पर्कमा आएका थिए । हाल १३ जना बेपत्ता भएको जिल्ला विपद व्यवस्थापन समितिका सयोजक एव प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पौडेलले जानकारी दिए ।
बाढीमा फसेका ७४ जनाको नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!