Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजमेलम्ची बाढीका पीडित भोकै खुल्ला आकाशमा रात बिताउँदै

मेलम्ची बाढीका पीडित भोकै खुल्ला आकाशमा रात बिताउँदै


चौतारा । मंंगलबार रातिको अविरल वर्षासंगै आएको बाढीबाट मेलम्ची र हेलम्बुका प्रभावितहरु राहतको पर्खाइमा छन्। मेलम्ची नगरपालिकाका पाँच सय परिवार र हेलम्बु गाउँपालिकाका विस्थापितहरुले हालसम्म राहत पाएका छैनन्।

मेलम्ची खोलाको बाढीले घर बगाएका हेलम्बुका तिम्बु , किउल , चनौटे , ग्याल्थुम र तारामाराङका बाढी प्रभाबितले दुइ दिन हुँदासम्म पनि राहत पाउन नसकेको स्थानियले गुनासो गरेका छन । पाल समेत पाउन सकेका छैनन्।

विस्थापित मध्ये कोहि जंगलमा बसिरहेका छन् भने कोहि अरुको घरमा सहारा लिइरहेको छन्। केहि भने खुला ठाँउमा पाल हालेर बसेको स्थानीय रबि खड्काले बताएका छ्न । शोक र भोकमा परेका पिडितका लागि खाध्यन्न आवश्यक रहेको बताइएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!