Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजमेलम्ची बाढीमा परेर एक जनाको मृत्यु, सात जना वेपत्ता

मेलम्ची बाढीमा परेर एक जनाको मृत्यु, सात जना वेपत्ता



मेलम्ची । मेलम्ची खोलामा आएको बाढीमा परेर हराइरहेकामध्ये एक जनाको शव भेटिएको छ ।

इन्द्रावती गाउँपालिका ११ बोटगाउँस्थि खोला किनारमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकास सापकोटाले जानकारी दिनुभयो ।

माथिबाट आएको बाढीले बगाएर शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । शवको पहिचान भने हुन सकेको छैन् ।

यस्तै बाढीमा परेर सात जना वेपत्ता भएका छन् । वेपत्तामध्ये तीन जनाको पहिचान खुलेको छ ।

वेपत्ता हुनेमा हेलम्बु गाउँपालिकाका २ का ३१ वर्षीय माधव भण्डारी, वडा नम्बर २ चुरेटार बस्ने ४२ वर्षीय गणेश ज्योति र वन नखुलेकी टीकामाया खड्का छन् ।

अन्य के कति वेपत्ता छन् एकिन विवरण नआएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!