शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजतस्वीरमा हेर्नुहाेस् मेलम्ची बाढी

तस्वीरमा हेर्नुहाेस् मेलम्ची बाढी


मेेलम्ची ।
मेलम्ची बाढीमा दर्जनाैं बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । बिद्युत अापुर्ती बन्द भएकाले उद्दार गर्न सकिएकाे छैन । कति क्षति भयाे भन्ने एकिन हुन सकेकाे छैन ।
वर्षा नथामिएकाले समस्या उत्पन्न भएकाे हाे ।
हेलम्बुदेखि मेलम्ची मुनीसम्म भागाभाग रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकाेटाले जानकारी दिए । मेलम्चीका स्थानीय अहिले शेरा, नगरपालिका प्रांगण, ईन्द्रावती क्याम्पसमा आश्रित छन् । हेलम्बुमा रहेकाे प्रहरी कार्यालय भवनसम्म बाढी पसेकाे छ । सडकहरू बगाएकाे स्थानीयले जानकारी दिए ।
मेलम्ची अायाेजनाकाे काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेकाे छ । अम्बाथानकाे सशस्त्र क्याम्प पनि जाेखिममा रहेकाे डिएसपी सापकाेटाले जानकारी दिए ।
बाढीले अामा ह्याेल्माे बसपार्कमा रहेका हाेटल टहरा बगाएकाे छ ।मेलम्ची नगरपालिकाकाे बहुप्रतिक्षित सिटी पार्कमा बाढी पसिसकेकाे र अाधा भाग बगाएकाे अनुमान रहेकाे स्थानीयले बताए ।
हेलम्बुदेखि मेलम्ची मुनीसम्म भागाभाग रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकाेटाले जानकारी दिए । हेलम्बुमा रहेकाे प्रहरी कार्यालय भवनसम्म बाढी पसेकाे छ । सडकहरू बगाएकाे स्थानीयले जानकारी दिए ।
मेलम्ची अायाेजनाकाे काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेकाे छ । अम्बाथानकाे सशस्त्र क्याम्प पनि जाेखिममा रहेकाे डिएसपी सापकाेटाले जानकारी दिए ।
बाढीले अामा ह्याेल्माे बसपार्कमा रहेका हाेटल टहरा बगाएकाे छ ।मेलम्ची नगरपालिकाकाे बहुप्रतिक्षित सिटी पार्कमा बाढी पसिसकेकाे र अाधा भाग बगाएकाे अनुमान रहेकाे स्थानीयले बताए ।
थप बिस्तृत विवरण अाउन बाँकी छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!