मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठसमाजश्रीमती हत्या आरोपमा पक्राउ

श्रीमती हत्या आरोपमा पक्राउ


मेलम्ची । श्रीमतीकाे हत्या गरेको आरोपमा मेलम्चीका एक व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ धौलेका ४५ बर्षिय दुर्गा बहादुर तामाङलाई श्रीमती हत्या अाराेपमा प्रहरीले पक्राउ गरेकाे हाे ।
उनले ४० बर्षिय श्रीमती राममायाको हिंगुवाको लाठिले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राइले जानकारी दिए । बिहान हत्या गरेर फरार भएको र घरमा लडिरहेको छिमेकीले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तामाङलाई प्रक्राउ गरि अनुसन्धान जारी रहेको जनाएको छ । शव पोष्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक राइले जानकारी दिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!