Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजसंक्रमितको घर घरमा भोटेकोशीका अध्यक्ष पौडेल

संक्रमितको घर घरमा भोटेकोशीका अध्यक्ष पौडेल


तातोपानी । भयानक बन्दै गएको कोरोनाका दोस्रो लहरमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले संक्रमित भएकाहरुको घरमै पुगेर स्वास्थ्य अवस्था बुझेका छन् । आज (आइतबार) भोटेकोशी गाउँपालिका वडा नं. ४ स्थित नारायणथानमा रहेका कोरोना संक्रमितलाई भेट्दै अध्यक्ष पौडेलले नागरिकको स्वास्थ्यको चिन्ता गरे ।
यो गाउँमा अहिले ७ जना संक्रमित छन् । उनीहरु सुरक्षित रुपमा होम आइसोलेसनमा बसिरहेका छन् । गाउँपालिका अध्यक्ष स्वाथ्य सामग्री लिएर संक्रमितको घरमा पुगेका हुन् । उनले दैनिक आवश्यक पर्ने टावेल, टुथपेस्ट, साबुन, मास्क, सेनिटाइजरलगायत सामग्री बोकेर संक्रमितको घरमा पुगेको गाउँपालिकाले जनाएको छ ।
‘अध्यक्ष ज्यूले संक्रमितको अवस्थाबारे जानकारी लिँदै अबको आवश्यकता र समस्याबारे जानकारी लिनुभएको छ,’ सचिवालयले सिन्धुखबरसँगको टेलिफोनमा भने, ‘गाउँपालिकाबाट के अपेक्षा गर्नुहुन्छ त्यो पूरा गर्ने वचनसमेत दिनुभएको छ ।’
गाउँ गाउँ पुगेर अध्यक्ष पौडेलले नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका थिए । सबैले सेनिटाइजर लगाउने, बेला बेलामा साबुन पानीले हात धुने, मास्कको प्रयोग अनिवार्य गर्ने, सामाजिक दुरी कायम गर्ने जस्ता सुझाव अध्यक्ष पौडेलले दिएका हुन् ।
‘हामी राजनीति गर्ने मान्छेले पहिला जनता जोगाउनुपर्छ,’ अध्यक्ष पौडेलले भने, ‘यदि जनता नै नरहे राजनीतिको अस्तित्व रहँदैन ।’ उनले गाउँपालिकामा कोरोना संक्रमण फैलन नदिन विभिन्न चेतनामूलक कामहरु जारी रहेको बताए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!