Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजतरुण अध्यक्ष दोर्जेले गरे मास्क र कम्बल वितरण

तरुण अध्यक्ष दोर्जेले गरे मास्क र कम्बल वितरण


चौतारा । नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष एवं नेपाली कांग्रेस महासमिति सदस्य दोर्जे लामाले कोरोना रोकथामका लागि मास्क र कम्बल वितरण गरेका छन् । जिल्लाको तीन गाउँपालिकाका लागि उनले मास्क र कम्बल आफ्ना प्रतिनिधिमार्फत सहयोग गरेका हुन् ।
तरुण अध्यक्ष दोर्जेका अनुसार कुल १५ हजार थान मास्क र २० थान कम्बल आज (आइतबार) सम्बन्धित स्थानमा हस्तान्तरण गरिएको हो । जिल्लाको सुनकोशी गाउँपालिकामा तीन हजार थान, बलेफी गाउँपालिकाको धुस्कोटमा पाँच हजार थान र लिसंखुपाखर गाउँपालिकामा सात हजार थान मास्क र २० थान कम्बल प्रदान गरिएको तरुण अध्यक्ष दोर्जे लामाले सिन्धुखबरलाई जानकारी दिए ।
सुनकोशी र बलेफीमा वितरण गरिएको सामग्री सर्वसाधारणका लागि हो । त्यस्तै लिसंखुपाखरमा प्रदान गरिएको कम्बल त्यहाँ रहेको आइसोलेसनका लागि दिइएको उनले बताए । लिसंखुपाखरमा प्रदान गरिएको सात हजार थान मास्क मध्ये केही सर्वसाधारण र केही आइसोलेसनका लागि हस्तान्तरण गरिएको हो ।
कोरोनाको दोस्रो भेरियण्ट आएसँगै संक्रमण बढेका कारण सर्वसाधारणलाई कोरोना महामारीबट जोगाउन मास्क वितरण गरिएको हो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!