Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजब्रम्हायणी नदिमा पौडी खेल्दाखेल्दै एक बेपत्ता, खोजी कार्य जारी

ब्रम्हायणी नदिमा पौडी खेल्दाखेल्दै एक बेपत्ता, खोजी कार्य जारी


बलेफी । पौडी खेल्ने क्रममा ब्रम्हायणी नदिमा डुबेर एक किशोर बेपत्ता भएका छन् । शनिबार दिउँसो बलेफी गाउँपालिका वडा नं ५ निवासी १७ बर्षिय बिकास श्रेष्ठ बेपत्ता भएका हुन् ।
घर नजिकै रहेको चनौटेस्थित ब्रम्हायणी नदिमा उनी बेपत्ता भएका थिए । सँगै पौडी खेलिरहेका साथीहरुका अनुसार उनी खोलामा डुबेपछि निकै समयसम्म नउत्रिएपछि खोजी गरिएको थियो । नभेट्दा पछि घरमा जानकारी साथीहरुले गराएका थिए ।
विकास करिब १२ बजेको समयमा बेपत्ता भएका थिए । बिहान खाना खाएर पौडी खेल्न गएका उनको अहिले खोजी भइरहेको छ । इलाका प्रहरी कार्यालय जलवीरको टोली र स्थानीयले उनलाई खोजिरहेका छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!