Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजनगरवासीकाे स्वाब संकलन गर्दै चाैतारा

नगरवासीकाे स्वाब संकलन गर्दै चाैतारा


चाैतारा । चाैतारा साँगाचाेकगढी नगरपालिकाले गाउँ गाउँमा गई नगरवासीकाे स्वाब संकलन थालेकाे छ । नगरपालिकाले काेराेनाकाे दाेस्राे लहर सुरू भएसँगै संक्रमित बढेकाले संवा संकलनलाई तीब्रता बढाएकाे हाे ।
नगरपालिकाका स्वास्थ्यकर्मीकाे टाेली गाउँमै पुगेर स्वाब लिने गरेका छन् । हालसम्म नगरपालिकाले १ हजार २ सय ५१ काे स्वाब संकलन गरेकाे नगरपालिका स्वास्थ्य शाखाका प्रमुख दिनेश नेपालले जानकारी दिए ।
स्वास्थ्य टाेलीले हालसम्म चाैतारा, पीपलडाँडा, जल्केनी, साँगाचाेक, कदमबासलगायतका गाउँमा स्वाब लिएकाे छ । यसअघि संक्रमित भएकाहरूकाे सम्पर्कमा रहेका व्यक्तिहरूकाे स्वाब संकलन गरिएकाे हाे ।
स्वाब संकलन नगरपालिकाका सबै टाेल तथा गाउँमा गरिनेछ । भाेलि चाैतारा साँगाचाेकगढी नगरपालिका ६ स्थित गिदाने र ३३ जना संक्रमित भएकाे ठूलाेसिरूवारीमा स्वाब संकलन गरिने नगरपालिकाले जनाएकाे छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!