Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजभोटेकोशीमा अक्सिजनसहितको तीनवटा आइसोलेसन

भोटेकोशीमा अक्सिजनसहितको तीनवटा आइसोलेसन


चाकु । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले नयाँ भेरियन्टसहितको कोरोना संक्रमण फैलिएसँगै गाउँपालिका क्षेत्रमा तीन वटा आइसोलेसन स्थापना गरेको छ । कुल २३ बेड रहेको आइसोलेसनमा अक्सिजन डाक्टर र एम्बुलेन्ससहितको आइसोलेसन स्थापना गरिएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार पौडेलका अनुसार वडा नं. ३ मा ५ वेड, वडा नं. ४ को फुल्पिङकट्टीमा १० बेड र वडा नं. ५ को चाकुमा ८ बेड सहितको आइसोलेसन सञ्चालनमा ल्याइएको छ । संक्रमण बढेको र आवश्यकता परेको अवस्थामा थप आइसोलेसन स्थापना गरिने उनले बताए ।
तीनै वटा आइसोलन कक्षमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । औषधिसँगै अक्सिजन र डाक्टरसमेत तयारी अवस्थामा छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!