Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजजब देवता चढेका भन्दै आगोमाथि नाच्दै दौडिए (फोटोफिचर)

जब देवता चढेका भन्दै आगोमाथि नाच्दै दौडिए (फोटोफिचर)


सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका वडा ९ राम्चे रातमाटा गाउँस्थित रायमाझी टोलमा अघिल्लो शनिवारको रात अघिल्ला रातझै शान्ती थिएन् , बेलुकी अबेरसम्म अलग्गै रौनकले गाउँले जम्मा भएर हेर्दै थिए ।

कुनै बिहेपर्वझै चर्को पञ्चे बाजागाजा, वरीपरी गाउँलेको घेराउ, अनि तीनसय ६५ भारी आगोको कोइलाको भुंग्रोको थुप्रो । दश नबज्दै एक्कासी पञ्चे बाजाको स्वर चर्किलो बन्यो,चुपचाप जम्मा भएर हेरिरहेका स्थानीय गाउँले एकदमै सर्तक बने ।

खड्ग, त्रिशुल, तरबार, खुकुरी अनि बत्ती बोक्दै आएका युवासहित रुद्राक्ष र घण्टीको माला लगाएका दुई वृद्धसहित तीन जना युवा नाच्दै भुंग्रोको थुप्रोछेउ आइपुगे ।

फेरि रुद्राक्ष माला लगाएका पाँचले चारै दिशाबाट भुंग्रोको चाङलाई ढोगे अनि ‘हेर हेर बाबु हेर ’ भन्दै उफ्रिँदै कराउँदै नाच्दै अनौठो तरिकाले गाउन थाले ।

फेरि त्यहाँ एउटा अपत्यारिलो घटना घट्यो, एक्कासी ती पाँच जना ‘हेर हेर’ भन्दै भटाभट आगोमाथि नाच्दै उफ्रिन थाले ।

आगोमाथि नाचिरहँदा पाँचै जना सेतो कछाड र गन्जीको पहिरन, मुडुलो टाउको अवस्थामा देखिन्थ्ये । फेरि ‘हाहा हरे हरे ’भन्दै उनीहरु भटाभट आगोलाई फुटबलझै खेल्न थाले, हेर्न आएका गाउँलेदेखि बजारभरका स्थानीयमा खैलाबैला मच्चियो ।

भिडलाई नियन्त्रण गरिरहेका स्थानीय लौरा लिएर खली स्थललाई सुरक्षाको घेरामा राख्न बाध्य भए । आगोमाथिको नृत्यलाई ‘एडभेन्चर’ मानेर हेर्दै दंग परेका स्थानीय र अन्य भिडियो र तस्विर खिच्दै सामाजिक संञ्जाल टिकटकमा हाल्न थाले ।

हेर्दाहेदैै तीनसय ६५ दाउराको भारी दन्किरहेको आगोको थुप्रोमा अन्य खड्ग,त्रिशुल लिएका युवा पनि दौड्न थाले, केही बालबालिका पनि हिड्न थाले । ती पाँचले निरन्तर नाच्दानाच्दै आगोको भारी कोइलामा परिणत भयो ।

खलीक्षेत्र आगोविहिन बनेपछि युवाले काप्दै दुध र पानीले नुवाएर घुम्दै नाचे । ‘बल्ल देवता चढाएर खली परम्परा सुरक्षित रुपमा सकियो, झण्डै ५८ वर्षपछि मात्रै खली पुजा सम्पन्न गरिएको होे,’ रायमाझी कुलदेवता समिति सिन्धुपाल्चोक राम्चेका अध्यक्ष शेरबहादुर रायमाझीले भने ।

५८ वर्षपछि बल्ल आहिले रायमाझीको कुलपुजामा प्रेतआत्माको इच्छामुताबिक मुक्तिको लागि खली खुवाएर वायु उतार्ने प्रथा गरिएको उनले सुनाए ।

आर्थिक र सामाजिक अनेक समस्या व्यर्होनुपरेकाले परम्परालाई नियमित गराउन गाउँबाटै सहयोग जुटाएको उनको भनाइ छ ।

‘गाउँकै ३८ घरधुरी मिलेर वर्षौपछि यो परम्परा पुरा गरिएको हो,’उनले भने । केहीबाहेक प्राय सबै समुदायले आफ्नो कुल पुजाअन्र्तगत उमेर नपुगी बित्ने दिवंगतको मुक्तिको लागि यस्तो पुजा गर्छन् ।

अकालमा ज्यान गुमाएका मृतआत्माको मुक्तिको लागि खली प्रथा गरिँदै आएको उनले जानकारी दिए । गाउँलेले गाउँबाटै झण्डै साढे तीन लाख सहयोग संकलन गरेर यस परम्परालाई निरन्तरता दिएका हुन् ।

खली प्रथाको लागि चर्चित बाह्रबिसे नगरपालिका वडा ९ राम्चे भण्डारी गाउँका धामी ठाइला भण्डारी यसलाई साँचो शक्ति भएको दाबी गर्छन् ।

खली प्रथामा बाह्र ,मष्ट, शाई मण्डनी ,बायु गरी चार कोटीको देवता हुने तीनैले प्रेतआत्मालाई वशमा ल्याएर मुक्तिको लागि सघाउने विश्वास रहेको उनले उल्लेख गरे । ‘यो एउटा तान्त्रिक विज्ञान हो, अग्नी परिक्षाबाट प्रेतआत्मालाई शुध्दिकरण गरेर पाको बनाइन्छ, यसलाई पुष्टी गर्न सकिने धार्मिक प्रमाण पनि छन्, ’उनले भने ।

चमत्कार कि अन्धविश्वास ?
किरातकालिन सभ्यताको एउटा तान्त्रिक प्रक्रिया मानिने खली प्रथा प्रेतआत्माको मुक्तिको लागि गरिन्छ ।

तन्त्रमाध्यमबाट प्रेतआत्मा ‘वायु’लाई बोलाएर आफ्नो मृत्युबारे बकाएपछि मृतकको इच्छानुसार खली प्रथा गराइन्छ ।

दाउराको भारी आगोमाथि दौडाइँदा पैतालादेखि शरिरभर कुनै पोल्ने र चोट पट नलागेको देख्दा आफु अचम्मित भएको बाह्रबिसे नगर वडा ९ रायमाझी टोलका कवि नवराज रायमाझीले बताए ।

‘त्यत्रो आगोमाथि खड्ग त्रिशुद लिएर आफै दौडिएछु तर, पनि मलाई केही भएको छैन्, यसलाई चमत्कार मान्ने या अन्धविश्वास ?,’उनले प्रश्न गरे । आफुमाथि देवता चढेपछि आफै कम्पन छुटेको र अरुसँगै आगोमाथि दौडिएको उनले जनाए ।

रातारात आगोमाथि नाच्दै गाउँदै दौड ः

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा ९ राम्चे रातमाटा गाउ“स्थित रायमाझी टोलमा तीनसय ६५ दाउराको भुंग्रोमा नाच्दै स्थानीय वृद्ध धामीसहित युवा ।

केहीबाहेक प्राया सबै समुदायले आफ्नो कुल पुजाअन्र्तगत उमेर नपुगी बित्ने दिवंगतको मुक्तिको लागि यस्तो पुजा गर्छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!