Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजरसुवा भन्सार हुँदै काम गर्ने कामदार र चालकलाई हिमालय सीमापारद्धारा स्वास्थ्य सामग्री सहयोग

रसुवा भन्सार हुँदै काम गर्ने कामदार र चालकलाई हिमालय सीमापारद्धारा स्वास्थ्य सामग्री सहयोग


रसुवा । रसुवा नाकाबाट आयात र निर्यातमा काम गर्ने मजदुर तथा चालकलाई नेपाल हिमालय सीमापार बाणिज्य संघले स्वास्थ्य सामग्री सहयोग गरेको छ । रसुवागढी नाकामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाएसँगै भन्सार कार्यालयको समन्वयमा सीमापार बाणिज्य संघले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
कार्यालयको मातहतमा रहेका ५२ जना कामदारका लागि ५२ थान पीपीइ सेट, २ थान थर्मल गन, मास्क एक हजार थान, सेनिटाइजर २० लिटर प्रदान गरिएको संघका अध्यक्ष अशोककुमार श्रेष्ठले सिन्धुखबरलाई जानकारी दिए ।
कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रसुवागढी नाकामा सहयोग पुर्याउनका लागि यो सहयोगले महत्वपूर्ण भूमिका राख्ने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । सो सामग्री संघका सदस्य बलराम पराजुलीले हस्तान्तरण गरेका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!