Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजभोटेकोशीमा `निषेधाज्ञा` जारी, काठमाण्डौबाट जानेलाई १० दिन क्वारेन्टिन

भोटेकोशीमा `निषेधाज्ञा` जारी, काठमाण्डौबाट जानेलाई १० दिन क्वारेन्टिन


तातोपानी । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगैं भोटेकोसी गाउँपालिकाले निषेधाज्ञा लगाएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

औषधि उपचारजस्ता अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन गाउँपालिकाले आग्रह गरेको हो ।

साथै पालिकाभित्र रहेका अत्यावश्यक बाहेकका सत्रै कार्यालयहरु आजैबाट बन्द गरिने भएको छ ।

पालिकाभित्र हुने सभा, सम्मेलन, जुलुस, धार्मिक कार्यक्रमहरु अर्को सूचना जारी नभएसम्म्का लागि बन्द गरिएको छ । सार्वजनिक रुपमा गरिने विवाह, ब्रतबन्ध, काजक्रियामा स्वास्थ्य मापदण्ड अपनाई १५ जना भन्दा बढी भेला नहुन आग्रह गरिएको छ ।

औषधिजन्य पसल, खाद्य पसल र तरकारी पसलहरु बिहान ७ बजेदखि १० बजेसम्म र दिउँसो ४ देखि साँझ ७ सम्म खोल्न अनुमति दिइएको छ ।

काठमाडौं तथा शहरबाट आएकालाई घरभित्रै बस्न र अनिवार्य १० दिन क्वारेन्टिन बस्न पनि पालिकाले आग्रह गरेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!