Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठसमाजताताेपानी सीमा नाकामा हेल्थ डेस्क स्थापना

ताताेपानी सीमा नाकामा हेल्थ डेस्क स्थापना


ताताेपानी ।
नेपाल तीन सीमा नाका ताताेपानीमा हेल्थ डेस्क सञ्चालनमा ल्याईएकाे छ । काेराेना संक्रमण फैलन नदिन भाेटेकाेशी गाउँपालिकाले दुई ठाउँमा हेल्थ डेस्क सञ्चालनमा ल्याएकाे हाे ।
गाउँपालिकाले सीमा क्षेत्र लिपिङकाे भन्सार यार्ड र नयाँ पुलमा हेल्थ डेस्क स्थापना गरिएकाे गाउँपालिका अध्यक्ष राजकुमार पाैडेलले जानकारी दिए । भाेटेकाेशी गाउँपालिका वडा नं ५ मार्मिङस्थित नयाँ पुलमा प्रहरी, सशस्त्रसहित स्वास्थ्यकर्मी परिचालन गरिएकाे छ । वारपार गर्ने व्यक्तिहरूलाई मास्क वितरण र सेनिटाईनजर दिएर पठाईने गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।
नयाँ पुलमा पास बिनाकाे गाडी अाेहाेरदाेहाेर गर्न दिईएकाे छैन । तापक्रम जाँचका लागि दुई थर्माे गन राखिएकाे छ ।
त्यस्तै गाउँपालिकाले नाकामासमेत हेल्थ डेस्क स्थापना गरेकाे छ । नाका रहेका डेस्कबाट चीनबाट सामग्री ल्याउने कन्टेनरका चालकलाई परीक्षण गर्ने गरिएकाे अध्यक्ष पाैडेलले सिन्धु खबरलाई बताए ।
काेराेना नियन्त्रणका लागि भाेटेकाेशीमा काेभिड अस्पतालसमेत स्थापना गरिएकाे छ । एक डाक्टर र २ नर्ससहित रहेकाे अस्पतालमा ५ बेड राखिएकाे गाउँपालिकाले जनाएकाे छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!