Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठसमाजमध्यभाेटेकाेशीमा काम गर्ने कैलालीका जेठाराकाे मृत्यु

मध्यभाेटेकाेशीमा काम गर्ने कैलालीका जेठाराकाे मृत्यु


चाकु । मध्यभाेटेकाेशी अायाेजनामा काम गर्ने एक मजदुरकाे मृत्यु भएकाे छ । कैलालीकाे घाेडाघाेडी नगरपालिका १ का ३६ बर्षिय पदमसिं जेठाराकाे मृत्यु भएकाे हाे ।
जेठारा भाेटेकाेशी गाउँपालिकास्थित चाकुमा मध्यभाेटेकाेशी अायाेजनाकाे तार टाङ्ने क्रममा थचक्क बसेका थिए । उनलाई साथीहरूले उठाएर बाह्रविसेस्थित किस्टाेन अस्पताल ल्याएका थिए । ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख इन्सपेक्टर देवबहादुर ठकुरी शाहका अनुसार अस्पतालमा जाँच हुनासाथ उनकाे मृत्यु भएकाे हाे । जेठारा ९ दिनअघि मात्रै घरबाट सिन्धुपाल्चोक अाईपुगेका हुन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!