Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोकमा आंशिक `लकडाउन´

सिन्धुपाल्चोकमा आंशिक `लकडाउन´


चाैतारा । सिन्धुपाल्चोकमा काेराेेना भाइरसकाे दाेस्राे लहरमा संक्रमितकाे संख्या बढ्दै गएपछि बजार क्षेत्रमा आंशिक लकडाउन गरिने भएको छ ।

आज बसेकाे काेभिड १९ संकट व्यवस्थापन समितिकाे बैठकले काेराेना संक्रमित बढ्दै गएपछि जिल्लाका मुख्य बजारमा लकडाउन गर्ने निर्णय गरेको हाे ।                                                                                                                                                                                चाैतारा, मेलम्ची, खाडिचाैर र बाह्रबिसेका पसल व्ययवसाय बिहान १० बजेसम्म मात्रै सञ्चालन गर्न दिईने भएको छ । अत्यावश्यक बाहेक उक्त बजारका स्थानीयलाई घर बाहिर ननिस्कन पनि समितिले आग्रह गरेको छ । साथै हाेटल, रेष्टुरेन्ट सञ्चालन गर्दा पूर्ण स्वास्थ्यमापदण्ड पालना गरेर गराउन समेत बैठकले आग्रह गरेको छ । साथै जिल्ला प्रवेश  गर्ने नाकाहरुमा हेल्थ डेस्ककाे स्थापना गरि कडाइ गरिने भएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस