Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजजनताका आँगनमा चौताराका मेयर

जनताका आँगनमा चौताराका मेयर


चौतारा । जनताका समस्या बुझ्न चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ गाउँ पस्न थालेका छन् । जनतासँग मेयर कार्यक्रम लिएर मेयर जनताको आँगनमा पुग्न थालेका हुन् ।
आज मेयर अमानसिं चौतारा सांगाचोकगढी नगरपलिका १३ ठुलोसिरुबारीको जंगलछापमा पुगेका थिए । उनले त्यहाँका जनतासँग गाउँको समस्या सोधेका हुन् ।
जंगलछापमा रहेका १३५ घरधुरी र इर्खुतर्फ रहेका १५ घरधुरी गरि १५० घरधुरी का मानिस अझैपनि गाँउभन्दा तल खोल्सीमा रहेको ढुङ्गेधाराको पानी डोकोमा बोकेर जीवन निर्वाह गरिहरेको अवस्था देखेर नगर नगरप्रमुख अमानसिं तामाङ उक्त गाउँमा पुगी लिफ्टिङ खानेपानी योजना निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
प्रमुख तामाङले नगरबाट तत्कालै रु ५ लाख उपलब्ध गराउने, खानेपानी डिभिजन कार्यालयबाट पोलिथिन पाइप उपलब्ध गराउन अनुरोध गर्ने र बिद्धुत प्राधिकरणबाट ट्रान्सर्फमर, तार र पोल उपलब्ध गराउन अनुरोध गर्ने जानकारी दिए । अब जंगलछापमा लिफ्टिङ खानेपानी योजना बन्ने भएको छ । धेरै नेताहरुका फोस्रा आश्वासन मात्रै पाएका जंगलछापबासी नगर प्रमुखको यस्तो प्रतिबद्धता पाएपछी धेरै हर्षित भएका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस