Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजअँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे

अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे


अँधेरी।  प्ररहरीले अमलटारमा अवरुद्ध गरेको सडक बलजफ्ती खुलाएकाे छ ।  प्रहरीले बल प्रयाेग गरि बाटाे खुलाएको स्थानीयले बताएका छन् ।                                                                पीडित पक्षसँग वार्ता गरेर बाटाे खुलाउनु पर्नेमा प्रहरीले अश्रुग्यास र रबरको गाेली प्रहार गरी स्थानीयलाई तितरबितर पारेर बाटाे खुलाएकाे हाे । बाटाे खुलाएपनि मृतकका आफन्तले प्रहरी माथि ढुंगामुढा गरेका छन् ।                                                       अहिले अमलटारकाे अवस्था तनावग्रस्त बनेको छ । स्थानीयले विपरीत दिशामा आएर ठक्कर दिने गाडी चालकलाई कारवाही गर्नुपर्ने र क्षतिपूर्तिकाे व्यवस्था गर्न भन्दै सडक अवरुद्घ पारेका थिए ।                                                                              वार्ताका लागि चाैताराबाट गएको डीएसपी प्रकाश सापकोटाकाे नेतृत्वको टाेलीले पीडितको माग सम्बाेधन गर्न तिर नभई बाटो खुलाउन तिर ध्यान दिएपछि आफन्तजन आक्राेशित भएका छन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस