Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजबसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ

बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ


अँधेरी । सुकुटेमा बसले माेटरसाईकललाई ठक्कर दिएर एक जनाकाे मृत्यु भएपछि आफन्तले अमलटारमा यातायात अवरुद्घ गरेका छन् ।                                                                         काठमाडौबाट दाेलखाका लागि छुटेको बसले खाडिचाैरबाट आउँदै गरेको माेटरसाईकललाई ठक्कर दिँदा मृत्युु भएपछि आफन्तले अँधेरीमा यातायात बन्द गरेका हुन् ।                                              सडक अवरुद्घ पछि काठमाडौं जाने र बाह्रबिसे र दाेलखा आउने गाडीहरु बाटोमै अलपत्र परेका छन् ।                                           स्थानीयले सडकमा टायर राखेर बाटाे अवरुद्घ गरेका छन् । उनीहरूले उचित क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारवाही गर्नुपर्ने आफन्तले माग राखेका छन् । बिहान बसले विपरीत दिशाबाट आएको माेटरसाईकललाई  विपरीत दिशामा गएर ठक्कर दिएको थियोे । ठक्कर पछि त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको मृत्यु भएको थियाे । घाइते अर्का पुरुष र बच्चाको उपचार भैरहेकाे छ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस