Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठसमाजसुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु

सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु


काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बसको ठक्करले माेटरसाइकलमा सवार त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठको खाडिचौरको सदावहार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  काठमाडौंबाट दोलखा जादै गरेको बा ३ ख ९६५८ नम्बरको अरनिको यातायातको बसले खाडिचौरबाट आउँदै गरेको ६९८७ नम्बरको मोटरसाइकलाई विपिरत दिशामा गएर ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् । गम्भीर घाइते सोमबहादुर श्रेष्ठ लाई उपचारको लागि काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको छ, भने सानो बच्चाको पनि उपचार भैरहेको छ।गाडीले विपरित दिशामा गएर मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!