गृहपृष्ठ ∕ समाज ∕ मानव बेचविखन रोक्न सबै जुट्नु आवश्यक मानव बेचविखन रोक्न सबै जुट्नु आवश्यक Sindhu Khabar चैत्र १८, २०७७ गते १८:०३ मा प्रकाशित चौतारा । मानव बेचविखन तथा ओसारपसार न्यूनीकरणमा सबै व्यक्ति, संघसस्था जुट्नुपर्ने सरोकारवालाहरुहरुले निष्कर्ष निकालेका छन् । हाम्रो सम्मानको आयोजना तथा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सह आयोजनामा चौतारामा भएको मानव बेचविखन विरुद्ध नेपाली नीजि क्षेत्र विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थितहरुले यस्तो निष्कर्ष निकालेका हुन् । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले नेपालमा समस्याका रुपमा रहेको मानव बेचविखन विरुद्ध सबै नीजि क्षेत्र लाग्नुपर्ने सुझाए । उनले यस विरुद्ध सबै जनता सचेत हुनुपर्नेमा जोड दिए । अन्तरक्रिया कार्यक्रममा जोशीले पछिल्लो समय वैदेशिक रोजगारीको नाममा बेचविखन भइरहेको तर्क राखे । कार्यक्रममा नेपालमा भएका र हुने गरेका बेचविखनको अवस्था, त्यसको रोकथामका प्रयास र अबको लक्ष्यबारे कार्यपत्रहरुसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले त्रास या बल देखाएर, प्रलोभनमा पारेर, झुक्याएर बेचविखन हुने गरेकाले यसको न्यूनीकरणका लागि सचेतीकरणको अभियानमा जुट्नुपर्ने बताए । यसअघि भारतका विभिन्न कोठीहरुमा नेपाली चेली बेचविखन हुने गरेकामा त्यसको स्वरुप अहिले बदलिएर देशभित्रै पनि बेचविखन हुने गरेको उनको भनाई छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बेचविखनको जोखिममा रहेका क्षेत्र, समुदायमा सचेतीकरणको आवश्यकता रहेको औंल्याए । बेचविखनमा परेकाहरुले समेत पीडकको पहिचान गर्न नसक्ने अवस्था आउने गरेकाले कानुनी सजायँ दिलाउन समस्या परिरहेको अवस्था समेत रहेको उनले बताए । विभिन्न सामाजिक संघसंस्थाका करिब एक सय जना उपस्थित रहेको अन्तरक्रिया कार्यक्रममा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले विशेषगरि ग्रामीण भेगका अशिक्षित, निम्न आयस्रोत भएका व्यक्तिहरु दलालको फन्दामा पर्ने गरेको सुनाए । दलालहरुको आँखा गाउँकेन्द्रीत हुने भएकाले समुदायस्तरमा यस्ता कार्यक्रम लगिने लक्ष्य रहेको उनको भनाई छ । कार्यक्रममा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको नयाँ निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम