Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठसमाजनक्कली नोट छाप्ने मेसिनसहित फटकसिलाका राजाराम पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित फटकसिलाका राजाराम पक्राउ


चाैतारा । मेलम्चीमा नक्कली पैसा छाप्ने मेसिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ फटकसिलाका राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ ।

नक्कली नोट छापेर कारोबार गरिरहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्राप्त भए अनुसार दनुवारलाई पक्राउ गरिएको हो ।

उनलाई शनिबार मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा रहेको बिआरएस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रकास सापकोटाले जानकारी दिए ।

दनुवारको साथबाट नोट छाप्न प्रयोग गर्ने पेपर थान २४, एक हजारको नेपाली नोट अगाडी पछाडी प्रिन्ट गरिएको पेपर थान १, नक्कली नोट छाप्न प्रयोग गरिने प्रिन्टर थान १ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दनुवारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ । उनलाई थप अनुसन्धानका लागि चितवन पठाइएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार