Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठसमाजपहिचान खोज्न ऐतिहासिक भ्रमणमा घले समाज

पहिचान खोज्न ऐतिहासिक भ्रमणमा घले समाज


चौतारा । आफ्नो जातीय पहिचानको महत्व राख्दै संस्कृति, लिपी अनि परम्पराको खोजी गर्न सिन्धुपाल्चोकका घले समुदाय ऐतिहासिक भ्रमणमा निस्केका छन् । आज लिःल फङ (घले समाजका) अध्यक्ष राम बहादुर घलेको नेत्वुत्वोमा घलेहरुले एतिहासिक भ्रमणका लागि जिल्ला सदरमुकाम चौताराबाट गोख्रा बार्पाकतफको यात्रा शुभारम्भ गरेका हुन् ।
आफ्नो जातीय पहिचानको महत्व राख्दै पुख्यौलीहरुको बासस्थान, संस्कृति, भाष, लिपि र परमपराको खोजि गर्न जिल्लाका घलेहरु बार्पाक र लम्जुङतर्फ लागेका हुन् ।
भ्रमणमा जिल्लाका ९५ जना घलेहरुले उपस्थिति जनाएका छन् । चौतारा, मेलम्ची, हुन्द्रुङ, कामीखेत, डाँडापारी लगायतका ठाउँहरुबाट घलेहरु भ्रमणमा लम्कीका हुन् । चैत्र ७ गते चौताराबाट सुरुभएको भ्रमणमा घलेहरु उतm दिन बेलुकी गोर्खाको बार्पाकमा बास बस्नेछन् । त्यसैगरी ८ र ९ गते बार्पाक, गोर्खा दरबार र लमजुङको घलेगाउँको अवलोकन समेत गर्नेछन् ।
यस्तै १० गते लम्जुङबाट पोखारा पुगी भोलिपल्ट चौतारा फर्कने योजना रहेको अध्यक्ष घलेले बताए । “जातिय परमपरा, रहनसहन, भाषा र लिपिहरुको पहिचान गरी त्यसको संरक्षणमा जोडदिँदै भ्रमणलाइ एतिहासिक बनाउने तयारी छ ।” उनि भन्छन् ‘हाम्रो घलेजातिहरुको स्तर उन्नतिको सुमार्ग खोजी गरी संस्कृतिलाइ थप संरक्षण गर्दे आफ्नो परमपराप्रतीको लगाव र चेतनाको अभिवृद्धि सम्पूर्णमा यसै भ्रमणबाट हुनेछ भन्ने मेरो विश्वास छ ।’


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार