Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाजपसल चोर्ने पाँचपोखरीका सुकवीर पक्राउ

पसल चोर्ने पाँचपोखरीका सुकवीर पक्राउ


मेलम्ची । मेलम्चीमा पसल चोरी गरेर भाग्ने एकजना पक्राउ परेका छन । पसल चोरीको आरोपमा पाँचपोखरी थाङपालधाप गाउँपालिका ७ का १९ वर्षीय सुकविर तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकास सापकोटाले जानकारी दिए ।

फागुन २२ गते राति तामाङले मेलम्ची नगरपालिका २ का मणिप्रसाद खतिवडाको पसल फोडेर खाद्यान्न, रिचार्ज कार्डलगायत करिब २० हजारको सामान चोरी गरेका थिए । खतिवडाको पसल फोडेर सामान चोरी गरेर तामाङ फरार भएका थिए ।

ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटीएको प्रहरी टोलिले निरन्तर खोजतलास गर्ने क्रममा तामाङलाई पक्राउ गरी बुधबार चोरी सम्बन्धि कसुर मुद्दामा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी सापकोटाले बताए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस