Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजडिजिटल बन्दै इन्द्रावती गाउँपालिका

डिजिटल बन्दै इन्द्रावती गाउँपालिका


चा‌ैतारा । इन्द्रावती गाउँपालिकालाई डिजिटलमैत्री गाउँपालिका बनाईने भएको छ । गाउँपालिका डिजिटलमैत्री बनाउन बुधबारबाट अभियान थालिएको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिए ।

गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तर्गत ब्यक्तिगत घटना तथा शुद्धिकरण कार्यक्रमको शुभारम्भ गर्दै तामाङले अब इन्द्रावती गाउँपालिकाका सबै कामहरु डिजिटल माध्यमबाट हुने बताए ।  सिन्धुपाल्चोकको स्थानीय तहमध्ये नमूना गाउँपालिका बनाउने उद्देश्य अनुसार डिजिटल प्रविधिको प्रयोगलाई जोड दिइएको हाे´, अध्यक्ष तामाङले भने ।

पालिकामा यसभन्दा अघि रहेका सबै घटनाहरु सफ्टवेयर मार्फत अपलोड भईसकेका छन् ।  गाउँपालिकालाई ‘स्मार्ट भिलेज’को रुपमा विकास गर्ने लक्ष्यसहित सूचना प्रविधिमैत्री बनाउन सबै वडा कार्यालयहरुमा कम्युटर, प्रिन्टर, स्क्यानर र वाइफाईको ब्यबस्था गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सबै वडाहरुमा यसअघि नै ईलेक्ट्राेनिक हाजिरी जडान गरिसकेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!