Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठसमाजजिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले महाशिवरात्री भव्य रुपमा मनायो

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले महाशिवरात्री भव्य रुपमा मनायो


चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले महाशिवरात्रीमा भव्य कार्यक्रम गरेको छ । मासिक रुपमा हुने टी विथ टिम कार्यक्रम गरी प्रहरीले शिवरात्री भव्य रुपमा मनाएको हो ।

उक्त कार्यक्रममा उत्कृष्ट काम गरेबापत दुई जना महिला प्रहरीलाई पुरस्कृत गरिएको छ । प्रहरी जवान प्रतिमा लामा र सुस्मिता सापकोटाले प्रहरी प्रमुख राजन अधिकारीले सम्मान गरेका छन् ।

कार्यक्रमलाई अझ रमाइलो बनाउन प्रहरीहरुले शिवजीको ताण्डव नृत्य, गित, गजल, कबिता तथा सामान्य ज्ञानका प्रस्तुति समेत दिएका थिए ।

प्रमुख अधिकारीले यस्ता कार्यक्रमले प्रहरी कर्मचारीहरुको तनाव व्यवस्थापन गर्ने र कर्मचारीहरुबीच भावनात्मक निकटता बढ्ने बताए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!