Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोकका ६ महिला प्रहरी सम्मानित

सिन्धुपाल्चोकका ६ महिला प्रहरी सम्मानित


चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उत्कृष्ट काम गरेवापत जिल्लामा कार्यरत ६ महिला कर्मचारीलाई सम्मान गरेको छ ।

सम्मान पाउनेमा प्रहरी हवल्दार द्वय बिमला पोखरेल र अम्बिका भण्डारी, प्रहरी वजानहरु मनमाया गुरुङ, बिना दरै, प्रतिमा लामा र सुस्मिता सापकोटा छन् ।

१११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा उनीहरुलाई नगदसहित सम्मान गरेको प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जानकारी दिए ।

आफ्नो कार्यक्षेत्रमा सुम्पिएको जिम्मेवारी ईमान्दार र अनुशासित भई उत्कृष्ट ढंगबाट सम्पादन गरेको भन्दै उनीहरुलाई सम्मान स्वरुप पुरस्कृत गरेको उहाँले बताउनुभयो ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस