गृहपृष्ठ ∕ समाज ∕ राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी सिन्धु खबर फागुन १५, २०७७ गते २०:३३ मा प्रकाशित काठमाडौं । २०७५ सालमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको जलवायु सम्मेलनको हिसावकिताब अझै प्रष्ट नपारिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । २०७७ फागुन १४ गते गरिएको उजुरीको दर्ता नम्बर c- ०२५४८० रहेको छ । समन्वय समितिको अनियमितता र जयवायु सम्मेलनको हिसावकितावको फरक फरक उजुरी रहेको छ । जलवायु सम्मेलनको सहआयोजक मध्ये एक संस्था र समन्वय समितिका कर्मचारीले भिन्नाभिन्नै उजुरी दर्ता गराईएको छ । जिल्ला समन्वय सिन्धुपाल्चोकको आयोजनामा मेलम्ची नगरपालिकाको गुफाडाँडामा आयोजना गरेको सो सम्मेलनको हिसाव अझै सार्वजनिक गरिएको छैन । बिभिन्न संघसंस्था सहआयोजक रहेको सम्मलेनमा करोडौं रुपैयाँ अनियमितता भएको उल्लेख गरिएको छ । देशभरका जिल्ला समन्वयका प्रमुखहरुको सहभागिता रहेको सम्मेलनमा प्रत्येक जिल्ला समन्वय समिति बाट रकम संकलन पनि गरिएको थियो । स्थानीय सहआयोजकले पनि लाखौं रुपैयाँ आयोजकलाई दिएका थिए । जिल्लाका गिटी,बालुवा व्यवासायीले पनि लाखौं रुपैयाँ सहयोग गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ्ग संयोजक रहेको सम्मेलनको आर्थिक व्यवस्थापन पनि उनी आफैले जिम्मा लिएका थिए । कार्यक्रम सम्पन्न भए लगत्तै हिसाव मागे पनि सार्वजनिक नगरेको सहआयोजक मध्येको एक संस्थाले जानकारी दिएको छ । उक्त सम्मेलनका नाममा जिल्लाका विभिन्न सरकारी निकायहरुलाई रकम जम्मा गर्न लगाई उक्त रकम व्यक्तिगत घर निर्माणमा प्रयोग गरेको उनीमाथि आरोप लागेको छ । यस प्रकारका सम्पूर्ण आम्दानी तथा श्रोतको दुरुपयोग गरी जम्मा गरेको रकम समेत विगोमा कायम गरी जरिवाना असुल्न पनि उजुरीमा अनुरोध गरिएको छ । कुनै रोजगार नभएका प्रमुख तामाङ्गले भर्खरैमात्र संघीय राजधानीमा भब्य महल पनि खरिद गरेको कारण त्यसको पनि छानविन गर्न पनि उजुरीमा माग गरिएको छ । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम