Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाजजिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त

जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त


चाैतारा । युवा तथा खेलकुद मन्त्रालयले सिन्धुपाल्चोककाे जिल्ला युवा समितिकाे अध्यक्षमा तेजबहादुर थापा (कुमार) लाई नियुक्त गरेकाे छ । चाैतारा साँगाचाेकगढी नगरपालिका १ स्याउलेका थापालाई नेपाल भर ७१ जिल्लासहित सिन्धुपाल्चोककाे जिम्मेवारी दिईएकाे हाे ।
सप्तरी, भक्तपुर, बर्दिया, मुगु, जुम्ला र बझाङसहित ६ जिल्लाका अध्यक्षको पदावधि बाँकी रहेकोले तीबाहेक अरू सबै जिल्लामा राष्ट्रिय युवा परिषद्का जिल्ला अध्यक्ष नियुक्त गरेको सरकारले जनाएको छ ।
युवा तथा खेलकुदमन्त्री दाबा लामाको अध्यक्षतामा बसेको बैठकले जिल्ला अध्यक्षहरू नियुक्त गरेको युवा तथा खेलकुद मन्त्रालयले बताएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस