Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाजभब्य भवनमा बाह्रविसे प्रहरी

भब्य भवनमा बाह्रविसे प्रहरी


बाह्रविसे । बाह्रविसेमा रहेको इलाका प्रहरी कार्यालय सुविधा सम्पन्न भवनमा सरेको छ । आज प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले भवनको उद्घाटन गरे ।
२०७२ को भूकम्प र २०७७ को भोटेकोशी नदीको कटानको कारण क्षतिग्रस्त भएकोले पुननिर्माण प्राधिकरणको डिजाइन र नेपाल प्रहरी हेटौडा प्रदेशको रेखदेखमा बनेको नयाँ भबन बनेको हो ।
कार्यक्रममा बोल्दै शाहीले लामो समयसम्म प्रहरिले संङ्घर्ष गरिरहेको र अहिले आएर देशको सुरक्षा गर्ने सिपाहीहरुको लागि सुरक्षित ब्यारेक निर्माण गरिएकोमा आफु र नेपाल प्रहरी गौरवान्वित महसुस गरेको बताए ।
प्रदेश प्रहरी प्रमुख बसन्त लामाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा लामाले आफू १५ महिना यहि जिल्लामा रहेर प्रहरी प्रमुखको पदमा काम गरिसकेकोले राष्ठकै नाजुक जिल्ला र सबैभन्दा धेरै जलबिद्युत आयोजना रहेको कारणले पनि यो जिल्ला सुरक्षाको दृष्टिकोणले चुनौतीपुर्ण रहेको बताए । प्रहरी कुनै राजनैतिक दलको नभइ जनताको सुरक्षा र देशको शान्तिका सदैब खटेको र आगामी दिनमा पनि आफू र आफ्नो टिम सदैब जनताको लागि खट्ने प्रतिबद्धता उनले जनाए ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!