Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजइन्द्रावतीको ज्यामिरेमानेमा मनाइयो ल्होछार

इन्द्रावतीको ज्यामिरेमानेमा मनाइयो ल्होछार


इन्द्रावती । ल्होछार पर्व तामाङ सस्कृती हाम्रो सान हाम्रो पहिचान सस्कृती संरक्षण ,प्रचार प्रवर्द्धन को लागि हाम्रो अभियान भन्ने नारा का साथ इन्द्रावती ८ ज्यामिरेमाने मा शनिबार बृहत् ल्होछार सास्कृतिक कार्यक्रम मनाइएको छ।

अर्चले युवा समाज द्वरा आयोजित उक्त कार्यक्रम पुर्वमन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्य र युवा समाजका अध्यक्ष पुष्पलाल तामाङको सभापतित्वमा सप्पन्न भएको हो।

११ बजे सुरु हुने भनिएको कार्यक्रम १ घन्टा ढिलो गरेर संचालन भयो । निर्धारित समयमा कार्यक्रमका प्रमुख अतिथी कार्यक्रम स्थलमा नआइपुगेपछी कार्यक्रम लाई औपचारिक रुपमा विशेष अतिथी ,अतिथी र कलाकारहरुलाई आसन ग्रहण गराउदै सुरु गरियो । साँझ ५ बजे कार्यक्रम स्थल मा आइपुगेका थिए पुर्वमन्त्री शेर बहादुर तामाङ । पुर्वमन्त्री तामाङले दिपप्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। युवा समाजका उपाध्यक्ष बिनोद तामाङले स्वागत मन्तव्य राखेका थिए।

विशेष अतिथिका रुपमा जिसस प्रमुख कृष्ण गोपाल तामाङ ,नेकपा जिल्ला अध्यक्ष झम्का नेपाल र कांग्रेस जिल्ला सचिब बिल बहादुर तामाङलाई निम्त्याएको थियो।

पुर्वमन्त्री तामाङले सबैजना मिलेर एकआपसमा माया,सद्भाव र सत्कार बाडेर ल्होछार मनाउनु पर्ने बताए।

कार्यक्रमका विशेष अतिथी जिसस प्रमुख कृष्णगोपाल तामाङले तामाङ हरुले बल देखाएर मात्रै नहुने बताए।

तामाङहरुले बल मात्रै देखाएर पछाडि परे बुद्दीले कहिले काम गरेनन् बल भन्दा बुद्धि ठूलो हो त्यसैले बुद्धि लाई प्रयोग गरेर तामाङहरु प्रतिस्पर्धामा उत्रनु पर्ने उनको भनाई थियो।अनावश्यक चाडपर्वलाई नमनाउने र आफ्नो संस्कृती पहिचान सहितको पर्वलाई मात्रै मनाउन पर्नेमा उनको जोड थियो।

यसैगरी विशेष अतिथीका रुपमा रहेका कांग्रेस जिल्ला सचिब तामाङले आफ्नो पहिचान संरक्षण गर्न युवाहरु लाग्नु पर्ने बताए । उनले भने प्रविधिको युग आयो हाम्रो पहिचान सहितको डम्फु गित हराउदै गए डम्फु हराउदै छ, यस्ता मौलिक पहिचान दिने चिज हरु को संरक्षण गर्न युवाहरु लाग्नु पर्छ।

प्रविधीको युग सँगै विभिन्न खाले साउन्ड सिस्टम र त्यस्तै आपच्य खाले गित सङ्गीत हरु घन्किएको पाइन्छ त्यसैले आफ्नो पहिचान जोगाउन युवाहरु सक्रिय हुन पर्ने बताए।

कार्यक्रममा वरिष्ठ सेलो गायक प्रेम लोप्चन, मदन घ्लान, प्रयास दोङ र इन्द्रावतीकै उदयिमान गायक तेज थिङले साङ्गिगित प्रस्तुति दिदै स्टेजमा धमका मच्चाएका थिए।

कार्यक्रममा इन्द्रावती ८ का अध्यक्ष केदारनाथ आचार्य ७ का अध्यक्ष वीर बहादुर तामाङ ,युवा सजगता अभियान सिन्धुपाल्चोक का अध्यक्ष एवम् इन्द्रावती तामाङ घेदुङका अध्यक्ष क्षेत्र बहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस