Techie IT
Saturday, February 27,2021 / शनिबार, फागुन १५, २०७७
×
गृहपृष्ठसमाजजुरे पीडितको रकम माग गर्दै माइतीघरमा धर्ना

जुरे पीडितको रकम माग गर्दै माइतीघरमा धर्ना


काठमाडौं । जुरे पहिरो पीडितको रकम माग गर्दै बलेफि गाउँपालिकाले माइतीघरमा धर्ना दिएको छ ।

२ लाख २४ लाख रकम उपलब्ध गराउन माग गर्दै बलेफिले सरकारका विरुद्ध धर्ना दिएको हो । बलेफिले माइती घरमा नारा जुलुससहित धर्ना दिएको हो ।

धर्नामा बस्नेले पीडितहरुले पाउनुपर्ने रकम तुरुन्त दिलाउन सरकारसँग माग गरेका छ । २०७१ मा जुरेको इटनी भीर नै खस्ने गरी गएको पहिरोमा १४५ जनाको मृत्यु भएको थियो ।

उक्त पहिरोमा परेका पीडितहरुलाई दाताहरुले दिएको २ करोड २४ लाख पीडितहरुलाई तत्काल वितरण गर्न नसकेपछि गृहमन्त्रालयको खातामा जम्मा भएको थियो ।

उक्त रकम फुकुवा गर्न भन्दै पटक पटक आग्रह गर्दा पनि सरकारले फुकुवा नगरेपछि बलेफि गाउँपालिकाले आन्दोलनको अगुवाइ गरेको छ ।

उक्त रकम पीडितहरुसमक्ष नपुगेसम्म आन्दोलन जारी रहने गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस