मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठसमाजबहाराइनमा कार दुर्घटनामा मृत्यु भएकी भोटसिपाकी बन्दनाको शव नेपाल ल्याइयो

बहाराइनमा कार दुर्घटनामा मृत्यु भएकी भोटसिपाकी बन्दनाको शव नेपाल ल्याइयो


चौतारा । बहाराइनमा कार दुर्घनाबाट मृत्यु भएकी एक महिलाको शव नेपाल ल्याइ परिवारलाई जिम्मा लगाइएको छ ।

चार बर्षदेखि रोजगारीको शिलशिलामा बहाराइनको मनामाबुदामा रहेकी इन्द्रावती गाँउपालिका–१० भोटसिपा पाटीगाँउकी बन्दना तामाङको कार दुर्घनामा परि मुत्यु भएको थियो ।

अबैधानिक रुपमा रहेकी बन्दनाको शबलाई नेपाल ल्याउनका लागि झन्जटिलो प्रक्रिया रहेकाले परिवार विदेशी मुलुकमा छोरी गुमाएको पिडासंगै शबलाई नेपाल ल्याउन भएको समस्याले अर्को पिडामा परेका बहाराइनका पुर्व तामाङ घेदुङका अध्यक्ष गणेश तामाङले बताए ।

मृतक बन्दनाको भिजा र पासपोर्ट दुवै नभएकाले नेपाल सरकारको प्रक्रिया पुरा गरि शवलाई नेपाल ल्याउन करिब ६ महिना लाग्ने थियो तर विभिन्न अभियन्ताको सहयोगमा दुई हप्तामा शव नेपालमा ल्याइ परिवारलाई दाहसस्कारका लागि जिम्मा दिइएको उनले सुनाए ।

बहाराइन राजदुत पदम सुन्दास, सामाजिक अभियन्ता अशिमराज मोक्त्तान, बहाराइन तामाङ घेदुङका पुर्व अध्यक्ष श्रावन मिक्चान, प्रेम स्याङतान,पुर्व महासचिब च्याङबा योञ्जन, पेमा लामा,कोषअध्यक्ष, माया घिसिङ, अन्तराष्ट्रिय तामाङ परिषदका मध्यपुर्वी राष्ट्का उपाध्यक्ष सोनाम दोङले बन्धनाको शव नेपालसम्म ल्याउन ठुलो मद्दत गर्नु भयो उहाँलाई धेरै धेरै धन्याबाद “उनले भने”।

बन्दनाकी बुबा मोहन तामाङले अबैधानिक रुपमा विदेशी भुमिमा रहेको आफ्नो छोरीको शवलाई नेपाल ल्याएर परिवारलाई जिम्मा लगाउने सबैप्रति धन्याबाद दिएका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!