Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाजजुरे पीडितको रकम माग्दै बलेफिले राख्यो सरकार विरुद्ध माइतीघरमा धर्ना

जुरे पीडितको रकम माग्दै बलेफिले राख्यो सरकार विरुद्ध माइतीघरमा धर्ना


चौतारा । जुरे पहिरोबाट पीडित भएकाहरुले पाउनुपर्ने रकम नपाएको भन्दै माइतीघरमा धर्ना दिन गाउँपालिकाले आग्रह गरेको छ ।

जुरे पहिरो पीडितका लागि उठेको आर्थिक सहयोग पीडितसमक्ष नपुगेको भन्दै बलेफि गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गदै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

देश विदेशबाट जुरे पीडितलाई भन्दै दाताहरुले २ करोड २४ लाख सहयोग संकलन गरेका थिए ।

बलेफिले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत यही फागुन ८ गते मध्यान्ह १२ बजे केन्द्रीय सरकारको विरोधमा माइतीघरमा धर्ना दिने कार्यक्रम राखेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै बलेफिले यो कुनै राजनितिक कार्यक्रम नभएको भन्दै सम्पुर्ण सिन्धुवासीलाई काठमाडौंको माइतीघरमा उपस्थितिका लागि अनुरोध गरेको छ ।

केन्द्रीय सरकारको विरुद्ध हुने यो सांकेितक आन्दोलन पछि पीडितहरुले आफ्नो नाममा जम्मा भएको रकम नपाउँदा सम्म गाउँपालिकाको तर्फबाट निरन्तर आन्दोलनका कार्यक्रमहरु गर्ने समेत गाउँपालिकाले जनाएको छ ।

पहिरो गएको ७ वर्ष हुँदासम्म पीडितहरुको लागि संकलन भएको रकम पीडितले नपाउनुलाई केन्द्रीय सरकारको चरम लापरवाही र पीडितहरुको भावनामा चरम खेलवाडको रुपमा गाउापालिकाले लिएको विज्ञप्तिमा उल्लेख छ ।

२०७१ साउन १७ गते राती इटिनी भिरबाट आएको पहिरोले साविकको मांखा, बाह्रविसेको जुरे र टेकानपुर गाविससम्म पहिरो जाँदा जुरे लगायतका बस्तीमा ठुलो मानवीय र भौतिक क्षती भएको थियो ।

जुरे पहिरोमा १४५ को मृत्यु भएको थियो भने सडक लगायत अन्य धेरै भौतिक सम्पत्ती क्षतीग्रस्त भएको थियो ।

 


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!