Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठराजनीतिनेमा छेरिङको नेतृत्वमा सिन्धु मंगोल संगठन

नेमा छेरिङको नेतृत्वमा सिन्धु मंगोल संगठन


चौतारा । मंगोल राष्ट्रिय संगठनको पहिलो जिल्ला साधारणसभा चौतारामा सम्पन्न भएको छ । नेमा छेरिङ लामाको संयोजकत्वमा ३७ सदस्यीय समिति गठन गर्दै सभा सम्पन्न भएको हो ।
संयोजक लामाको नेतृत्वमा गठित संगठनका सचिब दावा लामा, सह सचिब अन्जली लामा कोषाध्यक्ष पविना लामा र प्रचार सचिबमा साङगे दोर्जे तामाङ चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सचिब सन्तोस तमाङ्गले दिप प्रज्वोलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । १३ जिल्लाका अध्यक्षहरुले प्रतिनिधि गरेको सभामा जिल्ला भरिका ३ सय बढि मंगोलहरु उपस्थिति थिए ।
राज्य व्यवस्थामा भएको कमिलाई नियाल्दै मंगोल अस्तित्वको जड पैदा गर्ने र हाल देशमा भईरहेको राजनीतिक अस्थिरता, लोकतन्त्र प्राप्ति, सरकार धर्मनिरपेक्षलाई सुनिश्चित ढंगबाट लोकतन्त्रीय विधि अनुसार जनताको समानतावाद राजनीतिक चेतना दिँदै जिल्लालाई मंगोलको भूमि बनाउने संगठनको उद्देश्य रहेको संयोजक लामाले बताए ।

 


क्याटेगोरी : राजनीति, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!