Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठराजनीतिपत्रकार महासंघको विवाद समाधान गर्न गठित ‘रसिक समिति’ले काम थाल्यो

पत्रकार महासंघको विवाद समाधान गर्न गठित ‘रसिक समिति’ले काम थाल्यो


चौतारा । पत्रकार महासंघको साधारण सभाको बन्द सत्रमा देखिएको विवाद समाधान गर्न गठित तीन सदस्यीय टोलीले काम थालेको छ । आइतबार चौतारामा भएको २६ औं साधारणसभा तथा ११ औ अधिवेशनमा पत्रकार महासंघका कार्यसमिति सदस्यले महासंघको आयव्ययबारे अनविज्ञ भएको बताए पछि विवाद भएको थियो ।

शाखा उपाध्यक्षसहित बहुमत पदाधिकारी तथा सदस्यले अध्यक्ष, सचिवलगायतले एकलौटी गरेर साधारण सभा गरेको आरोप बन्द सत्रमा लगाएका थिए । यी लगायत अन्य बिषयलाई लिएर साधारण सदस्यहरूले कार्यसमितिमाथि प्रश्न राखेका थिए । पछि विवादले चरम रूप लिएपछि साधारण सभामा प्रस्तुत सचिव र कोषाध्यक्षको प्रतिबेदन पास हुन सकेन ।

महासंघको साधारणसभा गर्ने मिति तोकिएपनि साधारणसभामा प्रस्तुत गर्ने प्रतिवेदनबारे कुनै छलफल नभएको, निर्वाचन भएको ४ वर्षमा महासंघमा भएको आयव्ययसमेत कार्यसमितिका पदाधिकारी र अन्य सदस्यलाई थाहा नदिएको, सिंगो कार्यसमितिमा साधारणसभा कसरी गर्ने छलफल नभएकोे, सम्मान गर्ने व्यक्तिका बारे कुनै छलफल नभएको, साधारणसभा अघि महासंघको बैठक नबसेको जस्ता कुरा  बन्दसत्रमा कार्यसमितिबाटै उठेको थियो ।

साधारणसभामा सचिव दिनेश थापा, कोषाध्यक्ष बिदुर गिरीले प्रस्तुत गरेको सांगठनिक र आर्थिक प्रतिवेदन कार्यसमितिले अनुमोदन नगरेको भन्दै बन्द सत्रमा सदस्यहरुले आलोचना गरेका थिए । पत्रकार महासंघ व्यक्तिगत ईतरमा चल्न लागेकाे पुष्टि हुन लाग्दा त्यसकाे समाधानका लागि पूर्व अध्यक्षहरूले छानविन समितिकाे निर्माण गर्न पहल गरेका थिए ।

सभामा उपस्थित साधारण सदस्यहरूले डम्बर रसिक भारतीकाे संयाेजकत्वमा जीवन श्रेष्ठ र ध्रुव दंगाल सदस्य रहने गरि समिति निर्माणमा सघाउ गरेका थिए ।

अधिकांश कार्य समितिका पदाधिकारी र सदस्यले प्रमुख अतिथिलगायत अन्य पाहुना काे ल्याउने, सम्मान किन र कसलाई गर्ने? प्रतिवेदन कार्यसमितिले पास गरेर अनुमाेदनका लागि साधारण सभामा लैजाने, कार्यक्रमका लागि कस्काे के जिम्मेवारी भन्ने केही पनि तयारी या साधारणसभा अघि कार्यसमितिकाे बैठकसमेत नबाेलाएकाे माथि प्रमुख नेतृत्वलाई जवाफ मागेका थिए ।

उनीहरूले अध्यक्षसँग भएकाे रकम तथा यसअघि शाखा सदस्यले लिएकाे ऋणबारे चर्चा गरेका थिए । शाखामा रहेका भाैतिक सामग्रीकाे रक्षाका साथै कार्यसमितिभित्रकाे विवादसहित सभामा उठेका थिए ।

समितिले बढीमा १५ दिनभित्र महासंघको आर्थिक आयव्यवको हिसाब, नयाँ सदस्यता र सचिव र कोषाध्यक्षको प्रतिवेदन पुर्नलेखन गरेर महासंघको कार्यसमितिलाई सुझाव दिने बताइएको छ । सो समितिले हिजैदेखि काम सुरु गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!