Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठराजनीतिप्रदेश सभा सदस्य रमेश पौड्याल सम्मानित

प्रदेश सभा सदस्य रमेश पौड्याल सम्मानित


काठमाडौं । बागमती प्रदेश सभाको तेश्रो बार्षिकोत्सवमा प्रदेश सभा सदस्य रमेश पौड्याल सम्मानित भएका छन् । गत एक वर्षमा भएका सबै बैठकहरुमा उपस्थित हुने पौड्यालसहित सात सदस्यलाई सम्मान गरिएको हो ।

बागमती प्रदेश सभाले आज आफ्नो तेस्रो बार्षिकोत्सव मनाएको छ । गत २०७४ माघ १८ गते नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको मिति अनुसार आज तेश्रो बार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको हो ।

सोहि अवसरमा सचिवालयमा उतकृष्ट कार्यगर्ने कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई पनि पुरष्कृत समेत गरिएको थियो । बार्षिकोत्सव समारोहको अवसरमा सचिवालय द्वारा प्रकाशित प्रदेश सभा दर्पण (चौथो अंक) को लोकार्पण पनि गरिएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस