Techie IT
Thursday, February 25,2021 / बिहीबार, फागुन १३, २०७७
×
गृहपृष्ठराजनीतिनेकपाका वडाअध्यक्षका उम्मेद्वार सापकोटा र शेर्पासहित दर्जनौं कांग्रेसमा प्रवेश

नेकपाका वडाअध्यक्षका उम्मेद्वार सापकोटा र शेर्पासहित दर्जनौं कांग्रेसमा प्रवेश


चाकु । स्थानीय तहमा साविक माओवादीबाट वडा अध्यक्षका उम्मेदवार भएका दुई नेतासहित अन्य कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । भोटेकोशी गाउँपालिका १ का माओवादीका उम्मेदवार अर्जुन सापकोटा र वडा नं. ५ का दावा तेम्बो शेर्पा आज कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस भोटेकोशी गाउँपालिका वडा नं. ५ ले आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाको पेलान् सहन नसकेर आफूहरु कांग्रेसमा प्रवेश गरेको उनीहरुले बताएका छन् । उनीहरुलाई कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीमा प्रवेश गराएका थिए ।

‘कम्युनिष्टमा बसेर रिजाउन सकिएन, १८ वर्ष सम्ममा पनि,’ पार्टी प्रवेश लगत्तै सदस्यता समेत लिएका सपकोटाले भने, ‘पेलान्मा परियो । कम्युनिष्टले विकास पनि गर्न सक्दैन । विकासका लागि कांग्रेसमा प्रवेश गरे ।’ केन्द्रीय सदस्य बस्नेतको विकासदेखि प्रभावित भएको र कम्युनिष्टमा जालझेल, गुट उपगुट, व्यवसायीले पैसा दिनुपर्ने भएकाले उनले कांग्रेसमा आएको धारणा राखे ।

तस्विर ः निरज चौलागाई

तस्विर: निरज चौलागाई


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस