Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठराजनीतिसंसद विघटनको विरोधमा काँग्रेस भातृ संगठनहरुको प्रदर्शन भोलि बाह्रबिसेमा

संसद विघटनको विरोधमा काँग्रेस भातृ संगठनहरुको प्रदर्शन भोलि बाह्रबिसेमा


चौतारा । नेपाली काँग्रेसको भातृ संगठनहरुको प्रदर्शन सोमबार सिन्धुपाल्चोकका बाह्रबिसेमा हुने भएको छ । काँग्रेस केन्द्रीय समितिले गरेको निर्णयअनुसार भोलि बिहान ११ बजे प्रत्येक जिल्लामा भातृ संगठनहरुले पूदर्शन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा काँग्रेस आन्दोलनमा छ । दोस्रो चरणमा भएको आन्दोलनको कार्यक्रमअनुसार काँग्रेसका भातृसंस्थाले विरोध प्रदर्शन गर्ने भएका हुन् ।

जिल्लामा तरुणदल, महिला संघ, विद्यार्थी संघलगायत भातृसंस्थाले बाह्रबिसेमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको तरुण दल अधयक्ष दोर्जे लामाले जानकारी दिए । कार्यक्रमको सबै तयारी पूरा भएको छ, उनले सिन्धु खबरसँग भने, सबैलाई सोमबार ११ बजे बाह्रबिसे आउन अनुरोध गर्दछु ।

विरोध प्रदर्शन सम्बोधन गर्न पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा जिल्ला आउँदैछन् । सम्बोधनलाई प्रमुख अतिथि रााणा, सभापति विकास लामा, भातृसंस्थाका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम तय भएको महिला संघ सभापति गीता नेपालले जानकारी दिइन् ।

भोलिको प्रदर्शनमा सम्पूर्ण महिला संघ र काँग्रेस तथा भातृ संगठनमा आबद्ध भएकालाई सहभागी हुन पनि उनले आग्रह गरिन् । काँग्रेसले माघ २४ गते शुभेच्छुक संस्थाको विरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!