Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठराजनीतिमेलम्चीमा यसरी उर्लियाे कांग्रेस, करिब २ हजार जना पार्टी प्रवेश

मेलम्चीमा यसरी उर्लियाे कांग्रेस, करिब २ हजार जना पार्टी प्रवेश


मेलम्ची । मेलम्चीमा काँग्रेसले आज गरेको आमसभामा राप्रपाका जिल्ला नेतासहित करिब २ हजार बढी काँग्रेस प्रवेश गरेका छन् । जिल्ला नेता गणेश विक्रम सिलवाल, मेलम्ची नगर समिति अध्यक्ष किरणदिप खड्कालगायत  नेकपा र राप्रपाका नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।

मेलम्ची १० का नेकपाका सक्रिय कार्यकर्ता गणेश तामाङ, राप्रपाको ९ नम्बर वडा इकाइ समितिका अध्यक्ष इन्द्रराज खड्कासहित सिंगो वडासमिति काँग्रेस प्रवेश गरेको छ । प्रवेश गर्ने किरणदिपले देशलाई संकट पर्दा जहिल्यै पनि नेतृत्व गर्ने काँग्रेस नै एकमात्र लोकतान्त्रिक पार्टी भएकाले हामी काँग्रेसमा आएको बताए ।

राप्रपा नेकपालगायतका पार्टी सिद्धान्तविहिन बन्दै गएकाले आफूहरु वीपीको समाजवादमा ओत लाग्न आएको उनले बताए । उनीहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री गगन थाप , केन्द्रीय सदस्य विष्णुविक्रम थापा र पार्टी सभापति विकास लामाले पार्टी प्रवेश गराएका थिए ।

सभामा ५ हजार बढीको सहभागिता थियो ।


क्याटेगोरी : राजनीति, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस