आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठराजनीतिनेकपा सिन्धुपाल्चोकका दूवै समूहको कार्यक्रम एकै दिन काठमाडौंमा, एकअर्काको गरे सत्तोसराप

नेकपा सिन्धुपाल्चोकका दूवै समूहको कार्यक्रम एकै दिन काठमाडौंमा, एकअर्काको गरे सत्तोसराप


काठमाडौं । नेकपा फुटको असर वडा तहसम्म पुगेको छ । तत्कालीन नेकपा माओवादी र एमालेबीच पार्टी एकता भएपछि सुस्ताएको नेकपा पार्टी विभाजनपछि सक्रिय भैरहेको छ ।

सिन्धुपाल्चोकमा नेकपा फुटको असर राम्रैसँग देखिएको छ । जिल्ला, स्थानीय तह र वडासम्म दुवै समूहका नेताहरु कार्यकर्ता भेटघाट र सभा सम्मेलनमा व्यस्त छन् । ओली समूहका नेताहरु निर्वाचनको तयारीमा लाग्न र जनतालाई प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर ठिक गर्नुभयो भन्दै भाषण गरिरहेका छन् भने दाहाल नेपाल समूह विघटन गरेर ओलीले असंवैधानिक गरे भन्दै भाषण गरिरहेका छन् ।

यस्ता भाषणमात्रै होइन नेताहररु तल्लास्तरका गालीगलौजमा समेत उर्तिसकेका छन् । हिजो एकता हुँदा एउटै कुम जोडेर हिडेका नेताहरु अहिले एकअर्काविरुद्ध सत्तोसरापमा लागेपछि नेकपा कार्यकर्ताहरु भने निराश छन् । नेकपाको दुई तिहाइ नजिकको सरकार हुँदा बेग्लै चुरीफरी देखाउने कार्यकर्ताहरु समेत कुन टिममा जाने भन्ने अलमलमा छन् ।

कार्यकर्ता तान्न भेला सम्मेलन गरेपनि तानातानमा नेता कार्यकर्ता यता र उता गरिरहेका छन् । शनिबार पनि नेकपा सिन्धुपाल्चोकको दुवै समूहको भेटघाट कार्यक्रम काठमाडौंमा राखिएको छ । ओली समूहले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रम एवान पार्टी प्यालेसमा राखेको थियो । जहाँ जिल्लाका युवा तथा खेलकुद मन्त्री दावा तामाङ, प्रदेस सभा सदस्य सरेश नेपाल, पूर्व अध्यक्ष हस्त पण्डित, ओली समूहका जिल्ला अध्यक्ष बालकृष्ण देउजा, उपाध्यक्ष, नेतृ डोल्मा तामाङलगायत मञ्चमा थिए । उनीहरुले ओलीले गरेका काम सही मात्रै भनेनन् आफ्नै दाहाल नेपाल समूहको सत्तोसराप समेत गर्न भ्याए ।

त्यस्तै, जिल्लाकै दाहाल नेपाल समूहले गोल्डेन पार्टी प्यालेस चावहिलमा सिन्धुपाल्चोक काठमाण्डौं सम्पर्क मञ्चको आजै भेला तथा प्रशिक्षण कार्यक्रम राखेको थियो । जहाँ जिल्ला पूर्वमन्त्री शेरबहादुर तामाङ, अध्यक्ष झम्क नेपा, पूर्व सांसद सुवास कर्माचार्य, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा, जिसस अध्यक्ष कृष्णगोपाल तामाङलगायतको सहभागिता थियो । उनीहरुले प्रधानमन्त्री ओलीले गरेका काम अंसवैधानिक भएको विरोध मात्रै गरेनन् । आफ्नै पूर्व सहकर्मी नेताहरुको सत्तोसराप गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!